गजल BY, केसब थापा
1,
हातमा कलम भैदिए
सधै गोठाला धाउनेको हातमा कलम भैदिए!!
घाउ ओभ्याउथ्यो होला साथमा मलम भैदिए!!
मैदानमा लकिर बनाउथ्यो डन्डाको नोकले!!
उसको भाग्य बदलिन्थ्यो आफैमा दम भैदिए!!
सधै रंगीन मिजाज हुन्छ आफ्नैको अगाडी!!
अलिकति लजाउथ्यो पक्कै सरम भैदिए!!
यहाँ कोहि भयन अनपडलाई आखा देखाने कठै!!
सहि बाटोमा यात्रा गर्थ्यो होला धरम भैदिए!!
2,
मेरो तस्बीर हेरेर बताउ कस्तो खालको मान्छे हु म!!
मेरो गाला हेर रातो छ सोरह सालको मान्छे हुं म!!
शीरमा ढाका टोपी ढल्किएको छ परिचय दिउ की!!
साच्चै माझी भन्छन मलाई फेवातालको मान्छे हुं म!!
हांसेको छ मेरो सेतो हिमाल मेरो नकल चकल गरी!!
सधै मोज मस्तीमै रमाउने गर्छु बबालको मान्छे हुं म!!
मलाई ज्योतिष भनेपनि हुन्छ तिमले ,हो साच्चै तिम्रो
तस्वीर हेरेर तक्दिर बदल्दिन्छु कमालको मान्छे हुं म!!
3,
मेरो स्वर्ग जस्तो देशलाई सजाउने कोहि भयनन!!
सबै हास्न मात्र जानेका छन लजाउने कोहि भयनन!!
एउटा बेग्लै रंगमन्च छ यहां नाचगान हुन्छ सबैथोक!!
खीन्न लाग्छ बाजागाजा छ तर बजाउने कोहि भयनन!!
मान्छे बदलिएको बदलियै छ विचार बदलिएको छैन!!
विचार बदलिए पनि आखिर कजाउने कोहि भयनन!!
4,
बोलीमा मीठास भयपनि नियत खराब छ उसको!!
नपत्याए नियालेर हेर बगलमा सराब छ उसको!!
सधै नशामै मतमताउछ आफ्नो औकात जताउछ!!
हेर खुट्टामा हातको पन्जा हातमा जुराब छ उसको!!
बुझ्नै सकिन चाला एउटा कोठामा भगवानको फोटो!!
अर्को कोठामा नशीला बोतल भरी भराब छ उसको!!
5,
चरित्र बदलिएन बदमासको,
चित्र बदलियो तर चरित्र बदलिएन बदमासको!!
व्यक्तित्व झल्काउने दरिद्र बदलिएन बदमासको!!
बोलिमा मिठास स्वार्थको थियो बुझ्नै नसकिने!!
मुर्ति पनि कठोर मन भित्र बदलिएन बदमासको!!
चाहत थियो सभ्य बन्ने सभ्यताको अर्थ मिलेन!!
जति परिवर्तन गरेपनि मित्र बदलिएन बदमासको!!
6,
कस्तो खेल खेल्यो समयले मर्नु न बाच्नु पारेको छ मलाई!!
जीन्दगीको गोरेटोमा कैदि नै बनाएर लतारेको छ मलाई!!
बिना गल्तिको यो कस्तो सजाए होला कोइ जवाब त देउ!!
आखाबाट मोती खसाउदा भन्छन आशु झारेको छ मलाई!!
हे दैव बरू उठाएर लैजाउ तड्पी तड्पी बाच्नु छैन यहाँ!!
अर्धपागल बनाएर आज जीउदैमा किन मारेको छ मलाई!!
उठ्न खोज्थे बल्ल बल्ल त्यो दलदल बाट नया बाटो पन्छ्याउदै!!
फेरी पाउमै समातेर कोले हिलोमा किन घसारेको छ मलाई!!
हदै भयपछि अब कालको डेरा जाने मेरो निर्णय भयो अन्त्यमा!!
उनैले भन्छन फेरी समशानघाटमा खुट्टा पसारेको छ मलाई!!
केसब थापा
गुलरिया बर्दिया