काठमाण्डौ माघ ४,
नेपाल पर्यटन बोर्डले साहित्यकार भगवती बस्नेतलाई इजरायलका लागि साहित्यिक तथा सांस्कृतिक सदभावना दूत (Tourism and Culture goodwill Ambassador ) को रुपमा नियुक्ति गरेको छ । इजरायल स्थित नेपाली समुदायमा साहित्यकार भगवती बस्नेतले पुर्याउनुभएको साहित्यिक तथा सामाजिक योगदानलाई मध्यनजर गर्दै उहाँलाई यो जिम्मेवारी दिइएको नेपाल सरकार पर्यटन बोर्डद्वारा प्रेषित पत्रमा जनाइएको छ । दुई बर्षका लागि भएको सो नियुक्ति संगै नेपालको पर्यटन बोर्डले विश्वसामु साहित्यिक र सांस्कृतिक पर्यटकीय गन्तव्यका रुपमा नेपालको छवि चिनाउन उहाँले महत्वपूर्ण भूमिका खेल्नुहुने कुराको अपेक्षा गरिएको छ ।
यसै सन्दर्भमा सद्भावना दुत भगवती बस्नेतले सामूहिक सोंच र एकिकृत भावना सहितको कार्यले नै कुनै पनि उद्देश्यमा सार्थक परिणाम ल्याउन मद्दत गर्दछ भन्दै संस्थागत वा व्यक्तिगत रुपमा आ-आफ्नो क्षेत्रबाट नेपालको समग्र उन्नतिका लागि प्रयत्न गरिरहनु भएका इजरायल स्थित नेपाली राजदूतावास,एन आर एन इजरायल,लुम्बिनी-कपिलवस्तु दिवस अभियान इजरायल यहाँ रहेका सम्पूर्ण सामाजिक, धार्मिक, सांस्कृतिक, साहित्यिक,राजनीतिक सङ्घसंस्थाका प्रतिनिधिज्यूहरु, यहाँ रहनुभएका बुद्दिजीवी, समाज सेवी, सबै आदरणीय अग्रजहरु सम्पूर्णलाई धन्यवाद दिनु भएको छ ।
यसका साथै सामूहिक भावना र प्रतिवद्धताबाट नै परिणाममूखी कार्य गर्न सक्ने बताउदै पर्यटन दूत बस्नेतले नेपालको पर्यटन क्षेत्रको विकासको लागि इजरायलमा रहनु भएका सबैको साथ, सहयोग, सुझाव र सहकार्य मिल्ने कुरामा आफू विश्वस्त रहेको बताउनु भएको छ ।_साभार-खबर साइट :