अछाम, २५ चैत ,
पुरानो संस्कारलाई तोड्दै अछामका महिला मलामी जान थालेका छन् । पुरानो संस्कारलाई तोड्दै अछामको पूर्वी क्षेत्रका महिला मलामी गएका हुन् । मानिसको मृत्यु भएपछि पुरुषले मात्र मलामी जाने प्रचलन रहेको अछाममा पछिल्लो समयमा महिला मलामी जान थालेका हुन् ।

जिल्लाको ग्रामीण क्षेत्र कुइका–४ का गौरीकान्त तिमिल्सिनाको ७० वर्षको उमेरमा मृत्यु हुँदा सोही गाविस–४ का महिला मलामी गएका हुन् । “हामीलाई मलामी जानबाट वञ्चित गराउने पुरानो परम्परालाई हामीले तोडेका छौँ हामी मलामी गएर फर्कियौँ, हामीलाई केही भएन, अब गाउँमा महिला–पुरुष जस्को मृत्यु भएपनि हामी मलामी जान्छौँ”, स्थानीय गोमा तिमिल्सिनाले भन्नुभयो ।
मानिसको मृत्यु हुँदा दाहसंस्कार गर्न छोरा अर्थात् पुरुष मात्र जाने प्रचलन रहिआएको समाजमा महिला मलामी जानुलाई समयअनुसारको परिवर्तनका रुपमा हेरिएको छ । मानिसको मृत्यु हुँदा घर नजिकै शवलाई टाढैबाट हेरेर फर्किने गरेका महिला समयको परिवर्तनसँगै मलामी बनी श्मशानमा पुगेर फर्किन थालेका छन् । रासस