एजेन्सी चैत्र २५,
बुहारीको रहस्यमय मृत्युपछि श्रीमती र छोरासहित एक जना सांसदलाई प्रहरीले गिरफ्तार गरेको छ ।
यसरी पक्राउ पर्नेमा भारतको बहुजन समाज पार्टी (बसपा)का सांसद नरेन्द्र कश्यप रहेका छन् ।

उनलाई राजधानी दिल्लीबाट पक्राउ गरिएको पुलिसले पुष्टि गरेको छ । उनले भनेजति दाइजो नल्याएको भन्दै श्रीमती र छोरासँग मिलेर बुहारी हिमांशीलाई तड्पाई तड्पाई मारेको आरोप छ ।
पक्राउ परेका सांसद कश्यप र उनकी श्रीमतीलाई पुलिस कस्टडीको अस्पतालमा राखिएको छ । पक्राउ परेका दुबैको स्वास्थ्य विग्रिएपछि हिरासतकै अस्पतालमा भर्ना गरिएको हो ।
अस्पतालबाट डिस्चार्ज हुनेवितिकै यी दुबैलाई सिधै जेल पठाइनेछ । यता मृतक हिमांशीका पति सागरलाई पुलिसले पहिला नै हिरासत लिइसकेको छ ।
हिमांशीका पिता हिरालाल

सांसद कश्यपले घर भित्र्याएको चौथो दिनदेखि नै बुहारीलाई दाइजो नल्याएको भन्दै मानसिक यातना दिन्थे । उनीसँग दाइजोमा ५० लाख रुपैयाँ मागिएको थियो । नगदका साथै गरगहना र गाडीघोडा पनि मागेका थिए । मागेको दाइजो नपाएपछि दिनदिनै हिमांशीलाई शरीरिक र मानसिक रुपमा प्रताडित गरिन्थ्यो ।
मृतक हिमांशीका काका हरिओम कश्यपले दाइजो नल्याएको निहुँमा दिनदिनै कुट्ने गरेको र कुटाइबाटै कानको जाली फुट्दा सुन्नै नसक्ने भएकी थिइन भनेका छन् । उनले आफूहरु घर बेचेर कार दिने आश्वासनमा एक महिनाको समय मागेको स्मरण गरे । दाइजो माग्दा परिवारको बदनामीको डरले प्रहरीमा खबर नगरेको उनी बताउँछन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार करिब डेढ वर्ष पहिले आफ्नी एकलौटी छोरीलाई हेलिकप्टरबाट विदा गरेका बहुजन समाज पार्टीका नेता एवं पूर्व राज्यमन्त्री हिरालाल कश्यपले डेढ वर्षमै छोरीको मृत्युको खबर सुन्नुपर्ने कुराको कल्पनासम्म गरेका थिएनन् ।
तर, एकलौटी छोरीको अचानक टाउकोमा गोली लागेर मृत्यु भएको खबर सुन्दा उनी बेहोसै भएका थिए । अहिले उनी आफू र आफ्नो परिवारलाई सम्हाल्ने प्रयास गरिरहेका छन् ।
घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । यो घटनाले भारतमा गरिब जनतामात्रै होइन जनताका लागि काम गर्ने नेताकै घरमा दाइजोप्रथा कायम रहेको देखाएको छ ।