गजल-प्रदेसी By, कबिराज मगर
गाउँघर कै सम्झनामा दिनहरु काट्छु आमा
अमूल्य यी पसिनासँग डलरहरु साट्छु आमा ।
प्रदेशमा तपाईको छोरो कुनै पल हाँस्या छैन
म जस्तै अरु छन दु:ख र सुख बाट्छु आमा ।
थाकी सकेछु क्यार जाँगर चल्न छोडी सक्यो
साहुको ऋण सम्झिएर आँट्न त आट्छु आमा ।
सोध्नु हुन्छ घरबाट छोरा तिमीलाई कस्तो छ त
गह भरी आँसु पारी तपाईहरुलाई ढाट्छु आमा ।
घरको छाना फेर्नु अब ऋणपान सकियो भने
सुख दु:ख बसौँ घरमै प्रदेश अब छाट्छु आमा ।
कबिराज मगर
दिप्लुङ १ खोटाङ