कविता 'धरहरा' By,कबिराज मगर
म उठ्न चाहान्छु
ढलेको छु उठाउ मलाई
पहिले जस्तै स्थिर रहन चाहान्छु
तिमी त सक्छौ नी उठाउन मलाई।
अन्योलको हुरीमा ढल्न पुगेँ
तिमी जति निरास छौ म पनि त
देशको मुटु थिएँ निरास छु
उठाउ मलाई उठ्न चाहान्छु ।
दुनियाँलाई चढाउनु चाहन्छु
दृष्यहरु बोकेर माथि माथी
छर्लङ्ग देखाई दिन्छु डाँडा काडा
उठाउ मलाई म उठ्न चाहान्छु ।
रोएको छु देख्दैनौ तिमीहरु
नाम हराए मेरो स्वरुप गुमाए
तिमीहरु त सक्छौ नि उठाउनु
उठाउ मलाई म उठ्न चाहान्छु
सबैको प्रिय धरहरा
सबै धरहरा देशको मुटु सबैको दृष्य
कबिराज मगर
दिप्लुङ १ खोटाङ