मोरङ, १३ फागुन ,
मोरङमा भिनाजुको घर आएकी एक बालिकाको बलात्कार भएको छ ।
बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा लेटाङ भोगटेनी नगरपालिका–५ स्थित भिनाजुका घरमा बस्दै आएका कोशी हरैचा–२ घर भएका ४० बर्षीय धन बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
श्रेष्ठले लेटाङ भोगटेनी नगरपालिका–५ बस्ने ९ बर्षीया बालिकालाई माघ ६ गते सोही ठाउँको तुर्के खोलास्थित एकान्त स्थानमा जवरजस्ती करणी गरेको भनी बुधबार इलाका प्रहरी कार्यालयमा पीडितका आफन्तले जाहेरी दिएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।
पीडित बालिकाको स्वास्थ्य परिक्षण गराई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।