एजेन्सी फागुन १३,
विश्वभरि अहिले यौन हिंसाको बिरुद्धमा आवाज उठीरहेको बेला एक अध्ययनले ब्रिटेनका महिलाहरु आफ््नो स्कुलको समयमा यौन हिंसाको सिकार भएको स्वीकार गरेको बताइएको छ ।
एक्सप्रेस डककम डट युके नामको वेबसाइटले बताएअनुसार , प्लान युके संस्थाले दुइ हजार महिलामा गरेको एक अध्ययले २२ प्रतिशत महिलाले आफुँ स्कुलको समयमा यौन हिंसामा परेको स्वीकार गरेका छन् ।
प्लान युकेका सीईओ टेनी बैरनले वेबसाइटलाई भनेका छन्, –‘हाम्रो सर्वेक्षणले व्रिटेनका महिलाहरुले दशकौं वर्षबाट यौन हिंसाको सिकार हुनु परेको तथ्य पत्ता लगाएको छ । यसले उनीहरुको शैक्षिक र मानसिक विकाशमा नराम्रो असर पार्ने देखिन्छ ।’
यौन हिंसामा परेको ६१ प्रतिशत घटना त स्कुल प्रशासनलाई जानकारी नै दिइएको छैन । रिर्पोट अनुसार कम उमेरका युवतीहरुनै बढि पिडित थिए र यो समस्या अहिले पनि उस्तै छ ।