तुलसीपुर (दाङ) माघ ११,
एक पाँच वर्षीया बालिकालाई केहीदिन अगाडि बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, तुलसीपुरले एक व्यक्तिलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सन्तोष रोकाले दिनुभएको जानकारीअनुसार पक्राउ पर्नेमा फूलबारी गाविस–५ बगरपुरका ६० वर्षीय खुमबहादुर बुढाथोकी रहेका छन्।
बालिकालाई ललाइफकाई गरी ढकनास्थित सामुदायिक नर्सरीमा लगी जबर्जस्ती करणी गरेको भन्ने जानकारी प्राप्त भएसँगै निजलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रोकाले जानकारी दिए।
पक्राउ परेका बुढाथोकीलाई नियन्त्रणमा लिई आइतबार जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भइरहेको रोकाले जानकारी दिए। रासस: