काठमाडौं, माघ ११ ,
विश्व स्वास्थ्य संगठनले नयाँ रोगकोरुपमा देखापरेको ‘जिका’ भाइरस अमेरिकाका विभिन्न राज्यमा फैलन सक्ने भन्दै सतर्क रहन त्यहाँका सर्वसाधारणलाई आग्रह गरेको छ ।
साथै, विश्व स्वास्थ्य संगठनले सो रोगको संक्रमण फैलिने खतरालाई मध्यनजर गर्दै केही वर्षका लागि बच्चा नजन्माउन सचेतसमेत तुल्याएको छ ।
विश्वका २१ ओटा राष्ट्रमा हाल सो रोग देखापरेको जनाउँदै विश्व स्वास्थ्य संगठनले यसको रोकथामका लागि कुनै उपाय नभएको जनाएको छ ।
जिका रोगमा हल्का ज्वरो आउने, आँखामा संक्रमण हुने र टाउको दुख्ने लक्षण देखापर्नुका साथै नवजात शिशु सुस्त मनस्थितिको हुने बताइएको छ ।
जिका भाइरस सन् २०१५ को सुरुमा ब्राजिलमा देखा परेको हो । (एजेन्सी)