चितवन २४ असोज ,
चिवनमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई आज खाद्यान्न सहयोग भएको छ
। काठमाडौंमा रहेको मण्डला अर्गनाइजेशनले केन्द्रमा आश्रित चेपाङ वालवालिकाहरुको
लागि ५५ वोरा चामल,४० किलो दाल,५० केजी केराउ,४० केजी चना,१४० थान ट्याकसुट र
स्टेशनरी सामाग्री सहयोग गरेको छ ।
अर्गनाईजेशनका महासचिव मिलन तामाङ,सल्लाहाकार
प्रसित हुमागाई,सदस्य कर्साङ लामा र सक्षम व्याण्डका सदस्यहरुले केन्द्रमा पुगेर सो
सामाग्री बालवालिकालाई हस्तान्तरण गरेका थिए । साथै व्याण्डका सदस्यहरुले
वालवालिकालाई मनोरञ्जन प्रदान गर्न लोक धुन प्रस्तुतद गरेको थिए । त्यस्तै
चन्द्रनिगाहापुरका रिक्सा चालक केदार प्रसाद तिमिल्सिनाले सहयोग जुटाएर ९ वोरा चालम र
२ कार्टुन तेल सहयोग गरेका हुन ।
त्यसैगरी भरतपुरमा रहेको लायन्स क्लव अफ
बागेश्वरी सर्मपणले पनि वालवालिकाहरुको लागि एक सय ५० थान चप्पल सहयोग गरेको छ
। आज क्लवका अध्यक्ष पंकज धिताल,हरिप्रसाद पुढासैनी,कैलाश थपलिया लगायतको
टोलीले केन्द्रमा पुगेर चप्पल हस्तान्तरण गरेको हो । त्यसैगरी केन्द्रमा आश्रित
होमराज चेपाङलाई कालिका एफएमले आफनो बार्षिकोत्सवको अबसरमा नेपाल
अधिराज्य भरीका चेपाङहरु मध्येबाट एसएलसी परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउन
सफल भएको भन्दै प्रमाणपत्र सहित नगद तीन हजारले पुरस्कृत गरेको छ ।
होमराज
चेपाङले २०७१ सालको एसएलसीमा ७६ प्रतिशत अंक ल्याएका उनी हाल केन्द्रमा आश्रित
रही पञ्चकन्या उच्च माविमा विज्ञान संकायमा अध्ययनरत छन । उनलाई चेपाङ जातीको
पहिलो एमवीवीएस डाक्टर बनाउने योजना रहेको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले
बताउनुभयो ।