गजल \ नेपाली बहर घाँसे
खै कहिले पनि भरिदैन यहाँ गरीबको मानो
जसो तसो मतान टाल्यो चुहिन्छ फेरी मुल छानो
पुगीसरी आए मात्र हाँसेको नि सुहाउदो रैछ
आँसुको यो भेल भित्र कहाँ पो भेटिन्छर ओभानो
सुनको जन्तर बाँधे पछी लाटो पनि बाठो बन्छ
बिना धनको बाठो पनि बन्नु पर्छ बहिरो कानो
जता जाँउ आखिरिमा खोटी निधार लाग्छ अघी अघि
दोष कती दिन्छस दैब मलाई बनाइ मन अचानो
सुर्य खत्री "घायल"