गजल By, काजी प्रवाशी
कतै चिसो भएको छ त कतै अङ्गार भएको छ।
मेरा लागि यो जिन्दगी नै आज जंघार भएको छ।
सकिन्छ भने त्यसलाई फर्किन नदिनु त्यहाबाट।
भर्खरै तिम्रो वस्तीमा भगवान सवार भएको छ।
हेर अबलाले यो सरकारबाट राहत भेटाए पछि ।
तिमी सोच्नु तिम्रै बहिनिको यहा उद्दार भएको छ।
आफुलाई आमाकै सन्तान कहलाउछौ भने सोच।
कस्ले गर्दा यी आमाको मलिन अनुहार भएको छ?
सुन्दै गर्नु तर हुने नहुने पनि सुनाउन सक्छ उसले।
जबकी पौडिनै नजान्ने आज नदी पार भएको छ।
काजी प्रवाशी
रावतकोट छ दैलेख
हाल बालासिनोर गुजरात