गीत : नेपाली माया ' by, गोपाल प्रधान
नेपाली माया नेपाली छाँया धमिलो हुँदा ,
आज मलाई ,
सुनौलो घाम दिनमा,आधा डुबे जस्तो लाग्दछ.
माटोको माया आमाको छाँया अमर हुँदा ,
सधै मलाई
पुर्खाको रगत तनमा,बग्दा जिए जस्तो लाग्दछ
सुनको मन्दिर सुनको गजुर उदास हुँदा
त्रास मलाई .
मान्छेको भित्री भावना,आज रोए जस्तो लाग्दछ
पुनमको रातमा जीवनको ज्योति देख्दा
भान मलाई ,
पोखिएका मुस्कानमा,अतित पाए जस्तो लाग्दछ
कसको नीति कस्तो पिरती शुन्य भावना
खिन्न मलाई
लाली गुँरास चाप चमेली,बनमा फुली बनमा मरेछ.
हरियो पातको किताबमा लेखेको अक्षरमा
चेतना जगाई
प्यासी आँशुले आँखा पखाली,
मनमा हेरी तनमा लेखेछ.
गोपाल प्रधान