शिशिर सिंखडा
रत्ननगर असोज १०,
पूर्वी चितवनको कालिका दुग्ध चिस्याउने केन्द्र सहकारी संस्था लि. को १६औं वार्षिक साधारण सभा तथा ७औं अधिवेशन आज शनिवार सम्पन्न भएको छ ।
अधिवेशनले पुनः बालकृष्ण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा टिकाराम रेग्मी, सदस्यहरुमा लालु प्रसाद दाहाल, लक्ष्मीनारायण चौलागाई, सूर्य प्रसाद गौतम, कल्पना आचार्य, जमुना रेग्मी चयन भएका छन् ।
त्यसैगरी लेखासमिति संयोजकमा रामकृष्ण लम्साल, दिपक लामिछाने र विष्णुमणी लामिछाने चयन भएको निर्वाचन समितिका सदस्य शिशिर सिंखडाले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघ चितवनका उपाध्यक्ष बालकृष्ण उप्रेती, सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय, चितवनका निरीक्षक राजेन्द्र प्रसाद ढकाल, शेयर सदस्य बिनोद रेग्मी, नारायणदत्त कंडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा लेखा संयोजक रामकृष्ण लम्सालले लेखापरीक्षण प्रतिवेदन र लेखा सदस्य दिपक लामिछानेले वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।