गजल By, रत्न 'रतन्धो'
किन भएकोछ संधै सर्वनास सोच्नैपर्ने कुरा
अशक्तहरु,शशक्त बन्ने आश सोच्नैपर्ने कुरा
ऊ तरबारको धारमा कुदेर देखाउँछु भन्दैछ
खै कसरी गरौं मैले बिस्वास सोच्नैपर्ने कुरा
यि हातले वन्दूक कसरी चलाउँन सकिन्छ ?
आफ्नै भाई भएमा आसपास सोच्नैपर्ने कुरा
यो बादल नछेडि सीसा र पानीलाई छेडेर
कसरी छिर्छ शूर्यको प्रकाश सोच्नैपर्ने कुरा
प्रवासमै छोराको मृतक खबरले आमालाई
घरमा कति लाग्ला अत्यास? सोच्नैपर्ने कुरा
-'रत्न 'रतन्धो'
जाजरकोट