गजल ' By, मानन्धर अभागी
अनेकतामा एकता ल्याउन जरुरी छ
धर्ममा स्वतन्त्रता पाउन जरुरी छ
जुनसुकै धर्म होस् मानिस यौटै हुन्
एक आपसमा रमाउन जरुरी छ
आकाशमा चन्द्र सूर्य दुई थरी छैन नै
मिलेर हातमा हात बढाउन जरुरी छ
घुँडा टेकेर होस् वा हात जोडेर होस्
आफू खुशी पुजा चलाउन जरुरी छ
धर्म निरपेक्ष होस् वा हिन्दु राष्ट्र होस्
माया भए यो देश बचाउन जरुरी छ
कति खेपी बस्नु र सँधै बन्द हड्ताल
अब देखिन् बन्द हटाउन जरुरी छ
जनताले मुक्ती पाउन अबको संविधानमा
फाँसी दिने कानुन लेखाउन जरुरी छ ।
मानन्धर अभागी