रत्ननगर १४ भदौं,
प्रहरीले गस्ती गर्दा भेटिएका भरतपुर उपमहानगरपालिकाको फुलवारीमा भेटिएका अन्दाजी ६ बर्षका बुद्ध प्रजा नाम बताउने वालकलाई गामवेसीको चेपाङ संरक्षण केन्द्रले आश्रय दिएको छ ।
प्रहरीले उनलाई तीन दिन सम्म वडा प्रहरी कार्यालयमा नारायणगढमा राखेको थियो । तीन दिन सम्म परिवारको खोजी गर्दा पनि पत्ता नलागेपछि प्रहरीले नै प्रजालाई केन्द्रमा पठाएको हो ।
वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सत्यनारायण थापाले गामवेसी चेपाङ संरक्षण केन्द्रलाई पत्र लेखेर प्रजालाई केन्द्रमा आश्रय दिन आग्रह गरेपछि केन्द्रले वालकलाई आश्रय दिएको अध्यक्ष केपिकिरण शर्माले बताउनुभयो ।
चेपाङ संरक्षण केन्द्रमा आर्थिक विपन्नताले पिल्सिएर बिहान वेलुका खान र पढन नपाएका १३० जना चेपाङ वालवालिका आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन ।