रत्ननगर १४ भदौं ,
होमनाथ सापकोटा : गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ वालवालिकालाई स्टेशनरी र एक छाक खाना खुवाईएको छ । लायन्स क्लव अफ चितवन सौराहाले १३० जना चेपाङ वालवालिकालाई एक दर्जन कापी र कमल सहयोग गरेको हो । क्लवले वालवालिकाहरुलाई केन्द्रमै पुगेर वेलुकाको खाना समेत खुवाएको थियो ।
कार्यक्रममा लायन्स क्लवका प्रथम भाइस डिष्ट्रिक गर्भनर घनश्यम भट्टराई र लायन्स क्लव अफ चितवन सौराहाका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले वालवालिकालाई स्टेशनरी वितरण गर्नुभएको थियो । चेपाङ वालवालिकासंग आत्मियता साटासाट गर्न क्लवमा आबद्ध पदाधिकारी,सदस्यहरु आफैले खाना पकाएर वालवालिकालाई खाना खुवाईएको अध्यक्ष भट्टराईले बताउनुभयो ।
कार्यक्रममा पूर्व गर्भनरहरु प्रभातकुमार जोशी,राजकुमार श्रेष्ठ,मुल्याङकन समितिका प्रमुख दिनानाथ न्यौपाने,पूर्व अध्यक्ष योगेश अधिकारी लगायतले वोल्नुभएको थियो । लायन्स क्लव अफ चितवन सौराहाका अध्यक्ष प्रकाशचन्द्र भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।