गजल By, मानन्धर अभागी
जसले मनग्य पैसा खोला सरी बगायो
चरी सरी आकाशमा उड्दै नजर दौडायो
केही गरे जस्तो गरी उदारता देखाएर
यता चैं हात मिलायो उता सीमा हरायो
भोकले रन्थनिएका त्यो सर्पलाई आहारा
हाम्रो यताकै दलाल कुन चाहिँले सजायो
जसले आफ्नो सीमामा हामी पहरा दिन्छु भनेथ्यो
के ले पो बुझो लाएछ आज सुस्ताझैं सुस्तायो
भुकम्पले स्वाहा ग¥यो कसैलाई आहा ! भयो
भ्रष्टाचारकै कारण देशले आस्था गुमायो ।
मानन्धर अभागी