आइतबार साउन १०,
नारीदर्पण : सल्यानको चौध वटा सरकारी कार्यालय प्रमुख बिहिन भएकोछ । आर्थीक बर्ष सकिए सँगै कामको चाँप कम भएपछी कतिपय कार्यालयका प्रमुख घर बिदामा जिल्ला बाहिर रहेका तथा केहि भने सरुवा भएर नयाँ प्रमुख हाजिर भै नसकेकाले कार्यालय प्रमुख बिहिन हुन पुगेको हो ।
जिल्ला प्रशासन कार्यालय जिल्ला अदालत, जिल्ला बिकास समिति, जिल्ला कृषि बिकाश कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला पशु सेवा कार्यालय, घरेलु तथा साना उद्योग बिकाश समितीको कार्यालय, जीला न्यायाधिवक्ताको कार्यालयमा कार्यालय प्रमुख छैनन् ।
यस्तै नापी शाखा मध्यपश्चिम सिँचाई विकाश जिल्ला सब डिभिजन कार्यालय, मध्यपश्चिम खानेपानी सव डिभिजन कार्यालय, नेपाल बिधुत प्राधिकारण तथा सारदा नगरपालिकामा कार्यालय प्रमुक छैनन् ।
सल्यानका सहायक प्रमुख जिल्ला अधिकारि रमेश पाण्डेले साउनमा कामको चाँप कम भएकाले कामकाजमा असर नपर्ने गरि कार्यालय प्रमुख बिदामा बसेको बतायो ।