चितवन असार २४,
बैशाख १२ गते गएको भुकम्पमा परी सम्पुर्ण घर ध्वस्त भएको र
डाँडै चिराचिरा परेर बाढी र पहिरोको उच्च जोखिममा रहेको लोथर
गाबिसको वडा नं. ४ स्थित यासिकाई गाउँका १२ घरपरिवार
चेपाङ्गहरुलाई वस्ती स्थानान्तरण गर्नको लागि आज १० फुटे ३०
बण्डल जस्ता उपलब्ध गराइएको छ ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बल
चितवनका प्रमुख शम्भुप्रसाद उप्रेतीको पहलमा चेपाङ्गहरुलाई भरतपुर
आँखा अस्पताल एवम् सेवा फाउण्डेशनले सो जस्तापाता उपलब्ध
गराएको हो ।
यासिकाई गाउँबाट एक घण्टाको पैदल दुरीमा रहेको
गुन्दी गाउँमा ती १२ घरपरिवार चेपाङ्गहरुलाई वर्षायामभरी
सुरक्षितसाथ राखिने र वर्षा सकिएपछि दीर्घकालीन रुपमा व्यवस्थापन गरिने
जिल्ला दैवीप्रकोप उद्दार समितिका बलराम लुईटेलले बताउनुभयो ।
६
घण्टाको पैदल दुरी धाएर यासीकाइबाट थाकलटारसम्म झरेका
चेपाङ्गहरुलाई सो जस्तापाता गामबेसीको चेपाङ्ग संरक्षण केन्द्रका
अध्यक्ष केपी किरण शर्माले हस्तान्तरण गर्नुभएको थियो ।