असार २४, भरतपुर,
अनन्तप्रकाश सुवेदी : प्रगती महिला विकास सहकारी संस्थाको आयोजनामा भउमनपा १९ वडा कार्यलय,
फूलवारीमा लैंगिक हिंसा विरुद्ध सचेनतामूलक अभियान कार्यक्रम सम्पन्न भएको छ
।
संस्थाकी अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा
विभिन्न राजनैतिक दलका प्रतिनिधि, वडाका महिलाहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु
सहभागिता रहेको र कार्यक्रमको संचालन महाकालि देवकोटाले गर्नुभएको थियो ।
सचेतनामूलक कार्यक्रममा अधिवक्ता श्रीराम दवाडिले लैंगिक हिंसा सम्बन्धि कार्यपत्र
प्रस्तुत गर्नुभएको र सो उपर छलफल भएको सहकारी संस्थाकी सचिव जानकी शर्माले
बताउनुभयो । विभिन्न महिला समुह, पारागमन, राजनैतिक दल प्रतिनिधि गरि झण्डै १००
सहभागि रहेको शर्माले बताउनुभयो ।
जिल्लामा महिला हिंसा सम्बन्धि उजुरी क्रमशः बढी रहेकाले यस प्रति महिलाहरु
सचेत हुँदै गएको प्रष्ट हुने अधिवक्ता दवाडिले बताउनुभयो । प्रगती महिला विकास
सहकारीले लैंगिक हिंसा सम्बन्धि कार्यक्रम समय समयमा गर्दै गरेको र कानुनि
सरसल्लाह र यस्ता सचेतनामूलक कार्यक्रमले महिलाहरुलाई धेरै फाइदा पुगेको
संस्थाकी सदस्य तथा कार्यक्रमका सहभागि शारदा अधिकारीले बताउनुभयो ।