'' गजल ''
मन्दिर भित्र कसम खुवाएर आएँ
भर लाग्यो यो सिउँदो रङ्गाएर आएँ
वाहिरी सवै ठीकैछ भित्री मन के जान्नु
जिन्दगी यो दाउमा लगाएर आएँ
असल छ जाती छ खराव आदत छैन
वावा – महत्तारीलाई खुशाएर आएँ
चारैतिर डाँडाकाँडा वीचमा धानका वाला
असारे त्यो झरीमा रमाएर आएँ
आजैदेखि म तिम्रो तिमी मेरो भयो भनी
किनारामा सहीछाप गराएर आएँ ।
मानन्धर अभागी