वाशिंगटन डिसी आषाढ १०,
विजय थापा : भारतीय मुलका लुजियानाका गभर्नर बबी जिन्दलले आगामी २०१६ मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा सामाजिक संजाल संजाल ट्वीटर मार्फत उम्मेदवारी घोषणा गरेका छन् ।
४४ बर्षिय जिन्दलले आज बुधबार आफु अमेरिकाको राष्ट्रपतिको उम्मेदवार बनेको भनि एक फरक श्रब्य दृश्य सार्बजनिक गरि उम्मेदवारी घोषणा गरेका छन् l उक्त भिडियोमा हामी यहाहरु संग कुरा गर्न चाहन्छौ भनेका छन् ।
उनले यसको घोषणा न्युओरल्यन्सबाट गरेका हुन् भने उनि दोश्रो पटक लुजियानाका निर्वाचित गभर्नर हुन् ।
जुन १० ,१९७१ मा अमेरिकामा जन्मेका बबी जिन्दलको पुरा नाम पियुष बबी जिन्दल हो भने अहिले सम्म रिपब्लिकनको तर्फ बाट १२ जना उम्मेदवारहरुले उम्मेदवारी घोषणा गरि सकेका छन् ।
र उनि अहिले लुजियानाका ५५ औ गभर्नर तथा रिपब्लिकन गभर्नर्स सघका उप सभापति पनि हुन् ।
उनले ब्राउन विश्व बिद्यालय बाट जीव बिज्ञान बाट स्नातक गरेका छन् भने बेलायत अक्सफोर्ड बाट राजनैतिक शास्त्रमा स्नाकोत्तर गरेका छन् ।
उनले अमेरिकाको विभिन्न स्तरमा काम गरि सकेका छन् भने २००३ को चुनाबमा पराजित पनि भएका थिए । २०११ को निर्वाचनमा अत्यधिक मतले बिजयी भएका थिए ।