बुधबार आषाढ ९,
नारीदर्पण : जिल्ला बिपत व्यबस्थापन समिति ताप्लेजुङ्गले पहिरोमा परि बेपत्ता भएकाको परिवारलाइ पनि मृतक सरह राहत र सेवा सुविधाका लागि सरकार सँग अनुरुध गरेको छ ।
गत जेष्ठ २७ गत्ते राति गएको पहिरोले जिल्लामा अझै बीस जना बेपत्ता रहेका छन् । पहिरो गएको दिन देखि लगातार खोजि कार्य जारि राख्दा समेत हाल सम्म बेपत्ताको शव फेला नपरे पछी परिवारकै अनुरोधमा यस्तो माग गरिएको हो ।
हालसम्म पहिरोका कारण खोक्लिंगमा चार, लिवाङ्गमा १६ जना बेपत्ता रहेका छन् । मृतक का परिवारलाइ प्रति परिवार चालिस हजारका दरले रकम समेत वितरण भैसकेको छ । बेपत्ताका परिवारले हाल सम्म केहि पाएका छैनन् । परिवारजनले भने बेपत्ता भएकाहरुको काजक्रिया गरिसकेका छन् ।