आषाढ सोमबार ७,
नारीदर्पण : सिम्रिक एरको हेलिकप्टर आज गोर्खाको समागाँउको साम्दोमा दुर्घटना भएको छ । सदरमुकाम बाट उडेको हेलिकप्टर उत्तरी क्षेत्रको बिकट गाउँ साम्दोमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो ।
चालक सुरेन्द्र पौडेल सहित हेलिकप्टरमा सवार पाँच यात्रु सकुशल छन् । प्रमुख जिल्ला अधिकारि उद्धव प्रसाद तिमिल्सिनाका अनुसार हेलिकप्टरको पछाडिको भागमा आगो लागेको छ भने दुर्घटनाको कारण खुलेको छैन ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख नारायण प्रसाद आचार्य सहितको टोलि लिएर हेलिकप्टर सदरमुकाम बाट ५२ कोष उत्तरमा रहेको समागाउँ गएको थियो ।