काठमाडौं ११ अषाढ ,
एक्सन स्टार निखिल उप्रेतिले निर्देशन गरेको चलचित्र ‘भैरव’ ट्रेलर युटुबवाट सार्वजनिक भएको छ । निखिलकै मुख्य भुमिका रहेको यस फिल्ममा एक्सनलाई विशेष महत्व दिइएको छ ।
त्यसो त निखिल नेपाली फिल्ममा द्धन्द्धलाई मौलिक स्वरुप दिने कलाकारका रुपमा चिनिन्छन् ।
चलचित्र ‘पिँजडा’वाट अभिनयमा प्रवेश गरेका निखिलका दर्जन बढी फिल्म द्धन्द्धकै कारण सफल भएका छन् ।
बलिउडवाट प्रशिक्षण लिएर नेपाल आएका निखिल पछिल्लो समय निर्माणमा केन्दि्रत हुन थालेका छन् । ६ वर्ष अगाडी ‘सावधान’ फिल्म बनाएका निखिलको लगानी रहेको यो दोस्रो फिल्म हो ।आउँदो भदौ ११ गते रिलिज हुने भनिएको ‘भैरव’मा तराईको परिवेशको कथा रहेको छ। _ source-ekoshi: