गजल By, सुर्य खत्री "घायल"
(पलाँस भित्र बाट)
म त कर्णाली हुँ सुन हैन थोरै नुन दिए पुग्छ
सिस्नो ओल्स्याउने अलिकती बरु भुटुन दिए पुग्छ
काठमाण्डौ हौ तिमी मल मल त्यो तिमीलाई राख
चारखा छ म सङ्ग मन भए थोरै उन दिए पुग्छ
कल्पनाको सिङ्गापुर बनाइदिने जमात हैन
देशलाई माया गर्ने एकै थोपो खुन दिए पुग्छ
दुर्योधन र सकुनी यहाँ तिमीलाई नै काम लाग्छन
बिन्ती छ मलाई खाली तिमीले अर्जुन दिए पुग्छ
बहर नेपाली \ घाँसे
सुर्य खत्री "घायल"