गजल By, मानन्धर अभागी
न विष पिलायौ न मुक्ति दिलायौ
मलाई रुवाइ दुनिँया हँसायौ
फकायौ फूलायौ त्यो दिन तिमीले
कसम खाएर यो हात समायौ
ग्रहण लागेको तिम्रो त्यो विचार
म जस्तो कतिको जिन्दगी डढायौ
छाती पोल्छ आज सम्झिँदा तिम्लाई
विगार्नु विगारी पागल बनायौ
न विष पिलायौ न मुक्ती दिलायौ
मलाई रुवाइ दुनिँया हँसायौ ।
मानन्धर अभागी