काठमाडौँ, १२ चैत ,
राष्ट्रिय मानअधिकार आयोगले चिकित्सक प्रा डा गोविन्द केसीको आमरण अनशनलाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।
दश सूत्रीय माग राखी अनशनमा बसेका त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालका चिकित्सक केसीको स्वास्थ्य अवस्था बुझ्न आज आयोगका सदस्य सुदीप पाठक नेतृत्वको एक टोली पुगेको थियो । डा केसीको उपचारमा संलग्न चिकित्सकका अनुसार उनको पिसाबमा सङ्क्रमण देखिएको, रक्तचाप न्यून भएको तथा पिसाबमा किटोनको मात्रा बढेको भेटिएको छ ।
आयोगले प्रा डा केसीको आमरण अनशनबाट उत्पन्न असहज परिस्थितिलाई वार्ता र संवादको माध्यमबाट हल गर्न र उनले उठाएका मागको समाधान गर्न आग्रह गरेको प्रवक्ता मोहना अन्सारीले जानकारी दिए । रासस :