काठमान्डू चैत्र १२,
इन्दिरा प्रसाईं : नेपालले वर्तमानको विषाक्त वातावरणमा पनि डा. गोविन्द केसीजस्ता निस्वार्थी व्यक्ति पाउँदा खडेरीमाझ पानी परेजस्तो अनुभूति भएको छ ।
कुनै पनि देश हुनका लागि त्यस देशमा जनता हुनु पर्छ । ती जनता पनि शिक्षित र स्वस्थ्य भए भने मात्र राष्ट्र सम्वृद्ध हुन सक्छ । जनतालाई स्वास्थ र शिक्षित बनाउनु राज्यको धर्म हो । तर हाम्रो नेपालको परिप्रेक्ष्यमा हाम्रा यी दुवै क्षेत्र सरकारद्वारा नै तहसनहस पारिएको छ ।
यी दुवै क्षेत्रमा जसरी भए पनि धन कुम्ल्याउने उद्धेश्यका माफियातन्त्रको जग्जगी छ । कमिशनतन्त्रको बोलबाला फस्टाउने क्रममा जथाभावी मेडिकल कलेजहरू खोलिएका छन् । लाखौ रूपियाँको लगानीमा गुणात्मकका साटो संख्यात्मक डाक्टर उत्पादन गर्ने प्रतिस्पर्धाको होड चलिरहेको छ ।
बाँच्नका लागि जनता ऋणपान गरेरै पनि शिक्षा र स्वास्थ्य किन्न वाध्य छन् । सरकारी अस्पतालमा राम्रो उपचार हुँदैन । सरकारी अस्पतालकै डाक्टरहरूले निजी अस्पतालतर्फ विरामीलाई उपचार गर्न सिफारिस गरिन्छ ।
ठ्याम्मै त्यस्तै गरी सरकारी स्कुल कलेजमा राम्रो पढाई हुँदैन र शैक्षिक माफियाहरूले खोलेका स्कुल कलेजमा आफ्ना सन्तानको भविष्य किन्न अभिभावकहरू वाध्य छन् ।
नेपाली जनताले भोगिरहेको यस्तो दारूण अवस्थाप्रतिको विद्रोहका लागि डा.गोविन्द केसीले आमरण अनशन शुरू गरेका छन् ।अविवाहित रहेरै आफ्नो तन, मन, धन राष्ट्रका लागि समर्पण गर्ने डा. गोविन्द केसी हामी नेपाली जनताका सच्चा हिमायति हुन् ।
यस्तो सत्कार्यमा जुटेका डा.केसीको आवाजमा आवाज मिसाउनु हामी सबै नेपालीको परम कर्त्तव्य हो ।
प्राणको बाजि थापेर नेपाली जनताका लागि यस्तो कठोर तपस्यामा लागेका डा.केसीको आन्दोलनप्रति एकजुट भई हामी सबैले आआफ्नो स्थानबाट ऐकवध्यता जनाउनै पर्छ ।