लुम्बिनी (रुपन्देही), २२ फागुन,
फागुन तेस्रो साता परेको बेमौसमी वर्षाका कारण रुपन्देहीमा रु पाँच करोडको इँटा गलेर नष्ट भएको छ । लुम्बिनी इँटा व्यवसायी सङ्घका अनुसार फागुन ६ गते र १४ गते परेको वर्षाका कारण रुपन्देहीमा मात्रै रु पाँच करोडको इँटा गलेर नष्ट भएको हो ।
सङ्घका अनुसार वर्षाले रुपन्देही जिल्लाका ५० वटा इँटा उद्योेगले पोल्न तयार गरेको काँचो इँटा गलेर नष्ट भएको हो । सङ्घका वरिष्ठ उपाध्यक्ष डोलराज पाण्डेले इँटा व्यवसायीका लागि बेमौसमी वर्षा बाधक बनेको बताउनुभयो ।
उहाँले वैशाख महिनामा बजारमा पठाउनका लागि पोल्ने तयारी अवस्थामा रहेका काँचो इँटा वर्षाले नष्ट गर्दा ठूलो क्षति व्यहोर्नु परेको बताउनुभयो । काँचो इँटा नष्ट भएकाले नयाँ इँटा उत्पादन कार्य एक महिना ढिलो हुने सङ्घले जनाएको छ । रासस