रत्ननगर २२ फागुन ,
पूर्वी चितवनको रत्ननगर १० मंगलपुरमा रहेको गामवेशीको
चेपाब संरक्षण केन्द्रमा आश्रित चेपाब वालवालिकाहरुले आज
धुमधामका साथ होली अर्थात फागु पर्व मनाएका छन् ।
होलीको अवसरमा केन्द्रमा मिष्ठान्न परिकार वनाएर खाँदै
नाँचगान गरि एक आपसमा रंग दलेर होली मनाएका छन् ।
पछिल्लो समयमा चेपाब जातिहरुले आफ्नो कला र संस्कृति
भुल्दै गएको अवस्थामा कला संस्कृति वचाउनका निम्ती होली
पर्व मनाईएको केन्द्रमा आश्रय लिई भेटेरीनरी अध्ययनर
त रेशम चेपाबले वताए ।
चेपाबहरुको कला संस्कृति वचाउनका लागी
केन्द्रले आफ्नो परिषर भित्र चेपाब संग्रहालय स्थापना
गर्नुका साथै चेपाब भूमे मन्दिर र सरस्वती मन्दिर पनि निर्माण
गरेको छ ।
चेपाब वालवालिकाहरुलाई उचित शिक्षादिक्षा प्रदान गरि
नुका साथै उनीहरुको कला संस्कृति वचाउन सकिएमा भावी पुस्ताले
पनि आफ्नो कला संस्कृति अध्ययन गर्नका लागी इतिहासका
ठेली पल्टाउन नपर्ने केन्द्रका अध्यक्ष केपी किरण शर्माले
जानकारी दिनुभयो ।