रै'छ यात्रा जिन्दगी यो ,उकाली ओराली ,
हिँड्नु पर्ने सँधै यहाँँ ,आफुलाइ सम्हाली /
तिमी पनि व्यबहार गर्दा ,होसियारी गर ,
सज्जन् थोरै,हर मोडमा ,भेट्टाउँछौ जाली /
छिमेकिलाइ आपत पर्दा ,रमाउँछन् कति,
उफ्री उफ्री नाच्दै हिँड्छन् ,बजाएर ताली /
मान्छे भई जन्मे पछि,कर्म गर्नै पर्ने ,
सबै काम गर कुनै ,अहमता नपाली /
खेती किषान गरि आ'का ,मेरा बुढा बुवा ,
बुढेशकाल भो छोड्या छैनन् ,कुटो र कोदाली /
पखेटा पलायो सन्तान् ,लाखा पाखा लागे ,
नचलाए हलो बा ले ,उब्जिँदैन बाली /
मेरा कान्छा काका पनि, चोया बाता काढी ,
घर गृहस्ती चलाऊँछन् ,बनी डोका डाली /
जीवन भरी तेरो मेरो ,भन्दै लड्छौँ हामी ,
मर्दा खेरि जान्छौँ माथी,दुबै हात खाली /
आदर्शलाइ मौका छोपी ,छिर्के लगाएर ,
अघि बढ्न खोजिन म ,अरुलाइ खसाली /
स्याल को जस्तो घोर्ले बैँश ,आयो मेरो पनि ,
घुमिन म कु-ठाउँमा ,कुलको ईज्जत फाली /
गरिबीले मलाइ झापड ,हान्दा झुकिन म ,
बरु हिँडे फाट्या लुगा ,सत्र ठाउँँ टाली /
नजर बाट कैल्यै पनि ,गिरिन म गरीब ,
तन्काएर चौडा छाती ,घुमे शिर उचाली /
सदाबहार 'हरि' तन्नम् ,भनि चिनिन्छु म ,
समय ले बनाकै हो ,मलाइ चैँ कङ्गाली /
हरि प्रसाद ओली
साउदी अरब
साउदी अरवियन एयरलाईन्स
साउदीया क्याटेरिङ
जेद्दा