प्रणय दिवसको अवसरमा हरेक प्रेमिल जोडीहरुले प्रेमको मुल्यलाई आत्मिक मान्यता दिई सफल पारुन् भन्ने कामनाका साथ -!!
माया -!
न गरिन्छ माया,न टुंगिन्छ माया
पोख्द पोख्दै, भरिन्छ माया
न तौलिन्छ माया, न नापिन्छ माया
थाहै नपाई, चुलिन्छ माया
न आगो हो माया,न पानी हो माया
जल्दै नजली, खरानी हो माया
न शीत हो माया न घाँम हो माया
कहिल्यै नमेटिने प्यास हो माया
न बृद्ध हो माया, न यौबन हो माया
कहिल्यै न अस्ताउने तारा हो माया
न भोक हो माया न तृप्ति हो माया
कहिल्यै नभरिने घडा हो माया
न बसन्त हो माया,न शिशिर हो माया
दुख्दा दुख्दै, मुस्कान हो माया - !!!\
निता केसी
निता केसी