जाजरकोट पुष २४,
जाजरकोट जिल्ला अस्पतालको एम्बुलेन्सले दैनिक अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी बोक्ने गरेको पाइएको छ ।
बिरामी बोक्ने प्रयोजनका लागि राखिएको एम्बुलेन्समा दैनिक कर्मचारी राखेर चलाउँदा नाफाभन्दा घाटा बढी हुने गरेको एक कर्मचारीले जानकारी दिए । बा१ ८३९१ नम्बरको एम्बुलेन्सले दैनिक जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालका कर्मचारी साथै आगन्तुक पाहुनालाई बोक्ने गरेको हो ।
बिहीबार ११ बजे जिल्ला अस्पतालको एम्बुलेन्सले सुर्खेतबाट जाजरकोट आएका पाहुनालाई लिएर राकम गएको छ । यो बिहीबार मात्र देखिएको उदाहरण हो । दैनिक कर्मचारी बोक्न बढी मात्रामा प्रयोग हुँदै आएको एम्बुलेन्स बिरामीले चाहेको समयमा नपाएको सरोकारवाला बताउँछन् ।
बिरामी नबोकेर जथाभावी कर्मचारी बोक्दा सधैँ बिरामीलाई समस्या पर्ने गरेको छ । यता स्वास्थ्य कार्यालयका प्रमुख धिरजङ्ग शाहले भने बिरामी बोक्न नपाइने एम्बुलेन्समा कसरी कर्मचारी बोकेको हो भन्नेबारे आफू बुझ्ने बताए ।
बा¥ह महिनामा पाँच महिना पनि राम्रोसँग सञ्चालन हुन नसक्ने यो एम्बुलेन्सबाट कमाइभन्दा बढी खर्च हुने गरेको छ । एम्बुलेन्स सञ्चालन नभएको समयमा पनि चालकले पैसा भने लिइरहेको पाइएको छ । रासस :