डिसी पौष १८ ,
विजय थापा : खोटाङ्ग जिल्ला डाँडागाउँ गा. वि. स. वडा नं. ७ पिपलडाँडामा गत महिना इन्जिनियर मिलन कुमार राईले सम्भावित बिमान स्थलको संभावना अध्ययन पुरा गरेको बताएका छन् ।
यस संभावना अध्ययनबाट इन्जिनियर राईले बिमान स्थल बन्न सक्ने कुरा स्थानिय वासीलाई जानकारी दिए। यसबाट प्रत्यक्ष रुपमा ८ गा.वि.स. लाभान्भित हुनेछन् । जसमा याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, सप्तेश्वर छितापोखरी, छोरोम्बो बतासे र राजापानी गा. वि. स. का केहि भागहरुलाई सहयोग पुग्नेछ भने यी गा. वि. स. हरुबाट करिव १ देखि २ घण्टा भित्र उक्त पिपलडाँडा बिमान स्थलमा आउन सक्नेछन् ।
खोटाङ्ग जिल्ला नेपाल सरकारको वर्गिकरणमा नत सुगम नत दुर्गम जिल्लामा पर्दछ । यधपि हाल कच्चि बाटो जताततै खनियता पनि यात्रुबाहक बस सेवा नियमित रुपमा अझैसम्म पुग्न सकेको छैन । यस जिल्लामा तीन वटा बिमान स्थल भएता पनि यात्रुको चाप थाम्न नसकेकोले गर्दा सवै भन्दा बढि हेलिकप्टर भाडामा लिएर जिल्लामा जाने गनिन्छ भनेर स्थानियवासी र (एफ यम) रेडियोले बारम्बार बताउने गरेका छन् ।
यस जिल्लाको क्षेत्र नं. १ मा करिव ५० हजार मतदाता भएको जनसंख्यामा २ वटा बिमान स्थल पर्दछ । तर साप्सुखोला पारि क्षेत्र नं. २ मा पनि करिव ५० हजार भोटर भएको जनसंख्यामा एउटा मात्र बिमान स्थल हुनु निश्चय पनि अर्को बिमान स्थल आवश्यक देखिन्छ । यसरी यात्रुको चाप बढेको र दोश्रो बिमान स्थल भएमा स्थानियलाई आवतजावत साथै अति आवश्यक बिमारीलाई हेलिकप्टर भाडामा लिनु पर्ने असुविधा कम हुने स्थानीयवासी बताउदछन ।
इन्जिनियर राईले स्थानिय बिद्यालय संचालक समिति, स्थानिय महन्द्रोदय उच्च मा. वि. का शिक्षकहरु, स्थानिय सर्वदलिय दलका नेताहरु, स्थानिय बुद्धिजिविका साथै सर्वसाधरण गाउँलेहरुसँग बैठक गर्नुभएको थियो । उक्त बैठकमा सवै सहभागिहरुको सर्वसम्मतिबाट पिपलडाँडा विमानस्थलको नाप जाँच माग भएकोले गर्दा उक्त सम्भावित विमानस्थलको संभावना अध्ययन गरिएको जानकारी गराएका छन् ।
संभाव्यता अध्ययन पछि स्थानिय बिद्यालयका प्रधानाध्यापक नरेश राज राईको अध्यक्षतामा २७ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ ।
उक्त गा. वि. स. का धेरैले भने एउटा अमिन नाँपजाँच गर्दा त ६ हजार बाट १० हजार जतिखर्च गर्नुपर्छ । इन्जिनियर ल्याउन त्यसमा पनि बिंमान स्थल जस्तो संभाव्यता अध्ययन गर्न लाखौं लाख खर्च लाग्छ ।
जवकि हाम्रो गाउँको भाई (इन्जिनियर) आएर विना शुल्क गरिदिनु हुदा हामी यस गा. वि. स. वासीहरु नतमस्तक छौं । बरु यस प्रक्रियालाई चाँडो भन्दा चाँडो अघि बढाउन पर्यो । उक्त बिंमान स्थल निमार्ण भएमा स्थानियवासीको घरको क्षतिपुर्ति दिने तर जग्गाको मुअब्जाको क्षतिपुर्ति नपाउनेमा सहमति भयो । उक्त बिंमान स्थलले करिव ८ घरलाई विस्थापित गर्ने संभावना रहेको छ ।
इन्जिनियर राई अमेरिकामा कार्यरत सरकारी इन्जिनियर हुन् भने उनि उक्त काम पछि अमेरिका फर्किएका छन्। उनि गैह्र आवसिय नेपाली अमेरिकाको निवर्तमान उपाध्यक्ष, युनाईटेड किरात राई अगनाइजेशन अफ अमेरिकाका वर्तमान सल्लाहकारका साथै नेपाल स्पोर्ट्स एण्ड कल्चर ईन्टरनेशनल अमेरिकाका वर्तमान उपाध्यक्ष पनि हुन् ।