तेल अभिव पुष २२,
नारीदर्पण : काठमान्डू चाबेल घर भै हाल इज़रायलमा कार्यरत श्रीमती साबि पाठकले आफ्ना प्रिय पाठक माझ "चम्पाका हजार पाइला'' पहिलो उपन्यास लिएर आएकी छन् ।
बिगत आठ बर्ष देखि इज़रायल लाइ कर्म भूमी बनाउदै आएकी पाठकले नारी सम्बन्धिको उपन्यास लिएर आएकी छन् । एक नारीले कति सम्म संघर्ष गर्न सक्छिन त्यो यस उपन्यासमा छ पाठक भन्नुहुन्छ । र, थप्नु हुन्छ नेपाली साहित्यलाई माया गर्ने म सानो पाठक हुँ तर ''चम्पाका हजार पाइला'' उपन्यास बाट अरुलाई पाठक बनाएर आउँदा उत्सुकता र क्रिया/प्रतिक्रिया के कस्तो होला भनि एक प्रकारको कौतुहलता, खुल्दुली जागिरहेको छ बताउनुहुन्छ ।
'' चम्पाका हजार पाइला'' उपन्यास बिक्रि पश्चात आएको रकम उहाँ सामाजिक सेवामा खर्चिने बताउनुहुन्छ । मलाइ आशा छ मेरा पाठकहरुले मन पराइदिनुहुने छ मेरो मेहनतलाई त्यस पछि पनि म निरन्तरता दिनेछु भनि अर्को उपन्यास लेख्ने नयाँ संकेत समेत दिनुभएको छ उपन्यास लेखिका साबि पाठक ।
''चम्पाका हजार पाइला'' उपन्यास यहीं आउँदो माघ ३ गत्ते शनिबार २०७१ , हार्दिक होटेल बागबजार मा लोकार्पण हुँदैछ । समय विहान १० बजे । सम्पूर्ण साहित्यिक प्रेमीहरुलाई हार्दिक आमन्त्रण छ उक्त उपन्यास लोकार्पण कार्यक्रम मा । यसको आयोजक नारीका लागि नारी रहेको छ ।
