यसरि बहुविवाह गर्नेलाइ १/१ बर्ष कैद I

इलाम, १९ मङ्सिर ,

बहुविवाह गर्ने इलाम नयाँबजार-४ का २७ वषर्ीय मनकुमार भण्डारी र प्यूठान बांदीकोट-७ की २३ वषर्ीया शान्ताकुमारी खत्रीलाई जिल्ला अदालत इलामले जनही एक/एक वर्षकैद र पाँच हजार जरिवाना फैसला गरेको छ ।

जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले कसुर पुष्टि भएको ठहर गर्दै बिहीबार उनीहरूलाई सो फैसला सुनाएको अदालतका तहसिलदार अर्जुन श्रेष्ठले जानकारी दिुनभयो । मनकुमारकी जेठी श्रीमती मनमायाले उनीहरूविरुद्ध असोज ७ गते दोस्रो विवाह गरेको भन्दै मुद्दा दायर गरेकी थिइन् ।

वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा रहेको मनकुमारले फोनबाटै चिनजान गरी शान्ताकुमारीसँग दोस्रो विवाह गरेका थिए । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com