खोटाङ मङ्सिर १९,
चिसो बढेसँगै जिल्ला अस्पताल खोटाङमा भाइरल ज्वरोको बिरामीको चाप बढेको छ । चिसो बढेसँगै मङ्सिर पहिलो हप्तादेखि दैनिक १५० जनाको हाराहारीमा बिरामी उपचारका लागि अस्पताल आइरहेको जिल्ला अस्पताल खोटाङका चिकित्सक माधवप्रसाद लम्सालले बताए ।
भाइरल ज्वरोबाट सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा बिरामी परेका छन् । अस्पतालमा आएकामध्ये अधिकांश बिरामीलाई श्यया भर्ना गरेर उपचार गर्नु परिरहेको कारण श्ययाको अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
श्ययाको अभावमा कतिपय बिरामीलाई भुइँमै राखेर उपचार गर्ने व्यवस्था मिलाएको अस्पतालले जनाएको छ । १५ श्ययाको अस्पतालले हाल २६ श्ययाको व्यवस्था मिलाएर उपचार सेवा प्रवाह गर्दै आएको छ । रासस :