चितवन,पुष १५ ,
शिशिर सिंखडा :
ल्होसार पर्वको अवसरमा पुर्वि चितवनको रत्ननगर १० मंगलपुरमा रहेको
गामबेसीको चेपाब केन्द्रमा आश्रित बालबालिकालाई एकदिनको खाना
खुवाइएको छ ।
सिराइचुली दुग्ध उत्पादक तथा चिस्यान सहकारी संस्था
लि ,जुटपानी २ को सहयोगमा आज खिर खुवाई बालबालिकाहरुसंग
ल्होसार पर्व मनाइएको संस्थाका अध्यक्ष परशुराम तिवारीले जानकारी
दिनुभया े।
सो संस्था कञ्ंचन दुग्ध उत्पादक सहकारी संस्था,पञ्चरत्न,भटे
नि,शिवधारा र श्रीकृष्ण सहकारी संस्था मिलेर सञ्चालनमा रहेको छ । सो
सबै संस्थाको समन्वयमा कहिल्यै पनि खिर नखाएका बालबालिकाहरु
लाई खिर खुवाई ल्होसार मनाउन पाउदा खुसी लागेको सिराइचुली
दुग्ध उत्पादक तथा चिस्यान सहकारी संस्थाका लेखा सदस्य राजु
केसीले बताउनुभयो ।
सो कार्यक्रममा पञ्चतेजज्योति राप्राविका प्र
धानाध्यापक राम बहादुर मगर ,पञ्चरत्न दुग्ध उत्पादक सहकार
ी सस्थाका यज्ञ बहादुर धमला , श्रीकृष्ण दुग्ध उत्पादक सहकार
ी सस्थाका नवराज गजुरेल, कञ्चन दुग्ध उत्पादक सहकारी सस्थाका राम
कृष्ण दुलाल लगायतले कार्यक्रममा मनतव्य व्यक्त गरेका थिए ।
केन्द्रमा ७७ जना चितवन र मकवानपुरका विकट पहाडी बस्तीका चेपाब
बालबालिका आश्रित रहेका छन ।