सुरुङ्गा (झापा) मङ्सिर २७,
दक्षिणी झापाको राजगढमा कालाजार रोगका कारण एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा राजगढ–६ निवासी ४५ वर्षीय खान्दो टुडु रहेको इलाका स्वास्थ्य चौकी राजगढले जनाएको छ ।
गत असोज १२ गते इलाका स्वास्थ्य चौकी राजगढमा स्वास्थ्य परीक्षण गर्दा उनमा कालाजार र क्षयरोगको लक्षण एकैसाथ देखापरेपछि औषधि दिन सुरु गरिएको भएपनि नियमित औषधि सेवन नगरेका कारण टुडुको आज मृत्यु भएको इलाका स्वास्थ्य चौकी राजगढका सिनियर अहेब नवराज श्रेष्ठले जानकारी दिए ।
त्यस्तै कालाजार रोग टुडुका २० वर्षीय छोरा सुनिल टुडु र छिमेकी देवान मुर्मूमा समेत देखिएकाले उनीहरूको इलाका स्वास्थ्य चौकी राजगढको प्रतक्ष्य निगरानीमा उपचार भइरहेको इलाका स्वास्थ्य चौकी राजगढका सिनियर अहेब श्रेष्ठले बताए । रासस :