चेपाब केन्द्रलाई खाद्यान्न सहयोग I

रत्ननगर  पुष ५,

रत्ननगर १० मंगलपुरमा रहेको चेपाब संरक्षण केन्द्रलाई आज विभिन्न सामाग्री सहयोग प्राप्त भएको छ । रोटरी क्लव अफ भरतपुरकी हरिदेवी शर्माको नेतृत्वमा आएको टोलीले डाक्टर शान्ता थपलिया मार्फत १० लिटरको प्रेसर कुकर,१ बोरा चामल,१ बोर ा भुजा,१ कार्टुन तेल र १४ क्रेट अण्डा सहयोग प्राप्त भएको हो ।

क्लवका पदाधिकारीहरु केन्द्रमा पुगी सो सामाग्री हस्तान्तरण गरेका हुन् ।त्यस्तै रत्ननगर घेघौलीमा रहेको सत्यसाई केन्द्रले आजै एक छाक खाना खुवाएको छ । सो केन्द्रमा चितवन र मकवानपुरका ७४ जना चेपाब वालवालिका आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com