मौरी कृषकले गरे रु ६ करोडको आम्दानी I

जुम्ला, २२ मङ्सिर,

जिल्ला कृषि विकास कार्यालय जुम्लाले यसवर्ष मौरी कृषकले रु ६ करोड बराबरको आम्दानी गरेको जनाएको छ । जिल्लाका विभिन्न गाविसमा गरिएको तथ्याङ्क सङ्कलन अनुसार मौरी किसानका ३० हजारदेखि ४० हजार मौरीका घार रहेका छन् । 

एउटा घारमा मात्र सरदर पाँच केजी मह उत्पादन हुन्छ । जिल्लामा दर्ुइ लाख केजीसम्म मह उत्पादन गरिएको बाली संरक्षण अधिकृत चन्द्रबहादुर बुढाले जानकारी दिनुभयो । अधिकृत बुढाका अनुसार दर्ुइ लाख केजीमा करिब ७५ हजार केजी मात्र मह बेचे पनि जुम्लाका किसानले करिब रु ६ करोड आम्दानी गरेको तथ्याङ्क निस्कन्छ । 

जुम्लाका सबैजसो गाविसका किसानले मौरी पाल्ने गर्दछन् । यसरी मौरी पालनबाटै ग्रामीण क्षेत्रका जनताले राम्रो आम्दानी लिएका छन् । उनीहरुका लागि मह जीवननिर्वाह र आम्दानीको प्रमुख स्रोत पनि बनेको छ । यसका लागि कृषि विकास कार्यालयले उन्नत् घार बनाउने कार्यक्रमलाई पनि जोड दिँदै आएको बाली संरक्षण अधिकृत बुढाले बताउनु भयो । 

जुम्लेली किसानका लागि स्याउ, मह, सिमी, आलु, ओखर आम्दानीको प्रमुख स्रोत बन्दै गएको छ । पछिल्लो समयमा कृषि विकास कार्यालयले किसानलाई आकर्ष खालका कार्यक्रम पनि सञ्चालन गरी सबै थोक स्वदेशमै छ भन्ने कुरा सिकाएको छ । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com