अब १० बर्ष भित्र भोकमरी हटाइने मन्त्रि पराजुली I

काठमान्डू मङ्सिर १६,

कृषि विकास मन्त्रि हरि प्रसाद पराजुलिले अबको दस बर्षमा कोहि पनि नेपालि भोको बस्नु नपर्ने दावी गर्नु भएको छ । संयुक्त राष्ट्र संघिय खाध्य र कृषि संगठन सबैका लागि खाद्यान्न भन्ने नारालाइ सकार पर्ने गरि सरकारले कार्य सुरु गरिसकेकोले सन् २०२५ पछि कुनै पनि नेपाली भोकै नहुने मन्त्रि पराजुलीले बताउनु भयो ।

गरिबीको अन्त्य गर्न नसके सरकारले विपन्नका लागि खाद्यान्न उपलब्ध गराउने उहाको भनाइ थियो । मन्त्रि पराजुलीले आधुनिक प्रविधिको प्रयोग मार्फत कृषि उत्पादन बढाएर तथा गरिबीको रेखामुनि रहेकाको आयाश्रोत बढाएर भोकमरी हटाउने जानकारी दिनु भयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com