चितवन मंसिर १९ ,
नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष दिपेन्द्र वडुवालले आफ्नी छोरीको जन्म दिनको अवसरमा आज रत्ननगर १० मंगलपुरमा रहेको गामवेशीको चेपाङ संरक्षण केन्द्रमा रहेका वालवालिकालाई एक छाक खाना खुवाउनु भएको छ ।
छोरी दिक्विताको ८ औं जन्मदिनको अवसरमा श्रीमती कविताको साथमा केन्द्रमा पुगेर कान्तिपुर भरतपुर व्युरो प्रमुख तथा केन्द्रका सचिव समेत रहेका वडुवालले साँझको खाना खुवाउनु भएको हो ।
खाद्यान्न समस्याबाट गुज्रिरहेको सो केन्द्रमा जिल्लाका विभिन्न ठाँउबाट व्यक्तीहरुले जन्मदिनको अवसर पारेर केन्द्रमा रहेका चेपाङ वालवालिकालाई खाना खुवाउने गरेका छन् । केन्द्रमा चितवन र मकवानपुर जिल्लाका ७४ जना चेपाङ वालवालिका आवासिय सुविधासहित अध्ययन गरिरहेका छन् ।