काठमाडौँ, २६ मङ्सिर ,
अन्तराष्ट्रिय आप्रवासन दिवस आजदेखि पुस ३ गतेसम्म सप्ताहव्यापी रुपमा विविध कार्यक्रम गरी मनाइने भएको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा अन्तर्रर्ााट्रय आप्रवासन दिवस मूल समारोह समितिका संयोजकसमेत रहनुभएका श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद सिवाकोटीले आप्रवासन दिवसका अवसरमा पुस ३ गते भृकुटीमण्डपमा विशेष कार्यक्रम तथा अन्य दिन अन्तक्रिर्या, सडक नाटक, पीडितको सुनुवाइ, रक्तदान, तालिम, जनचेतना अभिमुखीकरण, वैदेशिक रोजगार पर््रवर्द्धन बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको कामदारका बालबालिकालाई छात्रवृत्ति कार्यक्रम, विशेष उद्धार कोषको स्थापनालगायत कार्यक्रम गरिने जनाएको छ ।
सन् २००० डिसेम्बर ४ मा बसेको संयुक्त राष्ट्र सङ्घको महासभाले डिसेम्बर १८ लाई अन्तर्रर्ााट्रय आप्रवासन दिवसका रुपमा मनाउने निर्ण्र्ाागरेको थियोे । हाल विश्वमा दर्ुइ अर्ब ३२ करोड आप्रवासी कामदारका रुपमा कार्य गरिरहेका तथा नेपालबाट बर्सर्ेे पाँच लाख व्यक्ति वैदेशिक रोजगारीमा जाने गरेका छन् । रासस: