आज बाट नेपाल र चीनबिचको रसुवागढी नाका खुल्ला I

धुन्चे ,रसुवा, १६ मङ्सिर ,

नेपाल र चीनबीच लिन्दे खोलामा रहेको ऐतिहासिक रसुवागढी नाका औपचारिकरूपमा आजदेखि खुल्ला भएको छ ।

दर्ुइ देशबीच अविच्छिन्नरूपले व्यापार व्यवसाय अभिवृद्धि गर्न ल्हासाका लागि नेपाली महावाणिज्य दूत हरि बस्याल र चीनको तिब्बत क्षेत्र हर्ेर्ने उपाध्यक्ष टोङ मिन चिङले औपचारिकरूपमा नाका खुल्ला गर्नुभएको अध्यागमन कार्यालय रसुवागढीका प्रमुख सुरेन्द्र प्रधानले जानकारी दिनुभयो ।

सदरमुकाम धुन्चेबाट ३० किलोमिटर उत्तरमा रहेको रसुवागढी नाकाबाट नेपाली उत्पादनका वस्तुलाई निर्यात सहज पार्न चिनियाँ पक्षलाई आग्रह गरिएको नेपाल-चीन केरुङ व्यापार सङ्घका अध्यक्ष मानबहादुर तामाङले बताउनुभयो । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com