तेल अभिव (इजरेल) मङ्सिर २,
बैदेसिक रोजगारीको शिलशिलामा इजरायलमा कार्यरत मध्य नवलपरासीको गैडाकोटवासी नेपालीहरुले गैडाकोट ८ नवलपरासीमा रहेको श्री बिजय निमाविको भवन निर्माणको निम्ती ५८ हजार रुपैयाँ सहयोग गरेका छन् ।
( नेपाल छुट्टिमा जानुभएकी नमुना पौडेलले दिनुभएको रु सात हजार समेत गरेर) गत ११ नोभम्वर शुक्रवार सो रकम हस्तान्तरण गरिएको हो । नेपाल सरकारको स्वामित्वमा वि सं २०५१ सालमा स्थापना गरिएको उक्त स्कुल पछिल्लो अवस्थामा जिर्ण वन्दै गएको र सरकारबाट कुनै पनि चासो नदेखाइएको थाहा पाएपछि विश्वको विभिन्न मुलुकहरुमा रहेका गैडाकोटवासी नेपालीहरुले विशेष अभियान चलाई स्कुललाई सहयोग गर्ने क्रममा इजरायलमा रहेका गैडाकोटबासी नेपालीहरुले पनि आफूसक्दो सहयोग उपलव्ध गराएका हुन् । सहयोग संकलनमा अभियानका संयोजकद्वय कल्पना फाउन्डेसनकी अधक्ष कल्पना पौडेल र अर्जुन पौडेल रहनु भएको थियो यस अगी पनि यो परोपकारी सस्था कल्पना फाउन्डेसनले अत्यन्तै बिपन्न वर्गका र अनाथ बालबालिकाको क्षेत्रमा सहयोग गर्ने काम गर्दै आइरहेको कुरा यसै सस्थाका महासचिव मान बहादुर थापाले हामीलाई जानकारी गराउनु भयो ।
कुल २७५ विद्यार्थी अध्ययनरत सो स्कुलमा ८८ प्रतिशत जनजाती तथा दलित र वाँकी १२ प्रतिशत अन्य जात जातिका विद्यार्थीहरुले पठनपाठन गर्दै आइरहेका छन् । मुलुकमा निजि स्तरमा संचालन भइरहेका स्कुलहरुमा हुनेखाने वर्गको पहुँच हुदै गएपछि गरिव तथा विपन्न वर्गका नागरिकका छोराछोरीहरुले मात्र पढ्ने भन्ने नकारात्मक भावना जागृत भएपछि दुई दशकदेखि पठनपाठन गराउदै आइरहेको सो स्कुल लामो समयदेखि मरमत संभारको समेक अभावमा जिर्ण वन्दै गइरहेको थियो भने विद्यार्थीको चाप वढि हुदा कक्षाकोठाको समेत अभाव देखिएको थियो ।
उल्लेख्य गैडाकोटवासीले सहयोग उपलव्ध गराएको उक्त सहयोग अभियान अन्तर्गत ५ हजार रुपैया भन्दा वढि सहयोग गर्ने दाताहरुको नामावली शिलालेखमा उल्लेख गरिने बताइएको छ - ५ हजार भन्दा वढि सहयोग गर्ने दाताहरुको नामावली यसप्रकार छ : कल्पना पौडेल ;जिज्ञासु ( कल्पना फाउन्डेसन ) अर्जुन पौडेल मिना पाण्डे तुलसा पौडेल नमुना पौडेल देव घिमिरे सारदा सापकोटा र सिता सापकोटा रहनु भएको छ ।

